काठमाडौं । २०७८ सालको एसईईको परीक्षाफल नेपाल टेलिकमको सेवा प्रयाेग गरी हेर्न सकिने भएकाे छ । विद्यार्थी तथा अभिभावकले टेलिकमको एसएमएस सेवा, फाेन तथा वेबसाइटबाट नतिजा थाहा पाउनसक्ने कम्पनीले जनाएकाे छ ।

 

यसअन्तर्गत टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमए नम्बरबाट १६०० डायल गरी प्राप्त निर्देशनको पालना गरेर नतिजा थाहा पाउन सकिन्छ ।

 

त्यस्तै मोबाइलको म्यासेज बक्समा गई अंग्रेजीमा SEE लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरी 1600 मा पठाएर आफ्नो नतिजा मोबाइलमा नै हेर्न सकिनेछ ।

 

साथै नेपाल टेलिकमको वेबसाइटमा गएर मार्कसिट सहितको नतिजा हेर्न सकिनेछ ।

 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बुधबार वा बिहीबारसम्ममा एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।

https://unelma.io/frBNU