प्रविधिको प्रयोग बढेसँगै हामी दैनिक रूपमा फोन तथा कम्प्युटरमा सक्रिय हुन्छौं । प्रायः काम फोनबाट हुनेहुँदा हाम्रो धेरै समय फोनमै बित्छ । यस्तोमा हामी मध्ये धेरैको बानी आफूलाई लागेका वा लेख्नुपर्ने कुरा फोनको नोटमा राखिरहेका हुन्छौं । जसलाई पछि कम्प्युटरमा सार्नु पर्दा निकै झन्झट हुने गर्छ ।

कतिपय अवस्थामा वा कतै घुम्न जाँदा कम्प्युटरमा लेख्ने भन्दा पनि हामी फोनमा लेख्न रुचाउँछौं । त्यसरी फोनको नोटमा लेखेका कुरा कम्प्युटरमा पठाउनका लागि म्यासेजिङ एप अथवा ईमेलको भर पर्नुपर्ने हुन्छ । सार्न भ्याउँदा त  झन्झटिलो यही प्रक्रिया अपनाएरै भएपनि नोटमा लेखिएका कुरा कम्प्युटरमा सारिन्छ ।

तर, कहिलेकाहीँ हाम्रो फोनमा समस्या आयो वा अन्य कुनै कारणवश फोन फ्याक्ट्री रिसेट (सम्पूर्ण फाइल हटाउने) गर्नुपर्‍यो भने त्यस्तोमा नोटमा लेखिएका सबै कुरा गुम्न सक्छ । यस्तोमा मोबाइलको नोटमा लेखिएका महत्वपूर्ण कुरालाई सोझै कम्प्युटरमा कसरी सार्ने अथवा सोझै कम्प्युटरबाटै कसरी पहुँच बनाउने भन्ने विषयमा यहाँ हामी तपाईंहरूलाई जानकारी दिँदैछौं ।

 

त्यसका लागि तपाईंको फोनमा पहिल्यै इन्स्टल भएर आएको नोट वा मेन्यु एप उपयुक्त नुहुन सक्छ । त्यसका लागि गुगललको ‘किप नोट्स’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । गुगलको किप नोट्स एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट इन्स्टल गर्न सक्छन् । त्यसपछि तपाईंले गुगलको किप नोट्स एप प्रयोग गर्न सक्नुहुन्छ ।
https://unelma.io/K0yvz