काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले डलर प्रिपेड कार्डबाट हुने काराेबारमा थप कडाइ गरेको छ ।

 

मङ्गलबार राष्ट्र बैङ्क, विदेशी विनिमय व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य तथा विकास बैङ्कका डलर कार्डबाट विभिन्न १८ शीर्षकमा वस्तु तथा सेवाको भुक्तानी नगर्न नपाइने व्यवस्था गरेकाे हाे ।

 

यसअन्तर्गत राजीतिक संस्था, धार्मिक संस्था, बेटिङ, लोटरी, अनलाइन बेटिङ, पीओई फन्डिङ, क्यासिनो, रियल स्टेट एजेन्टलाई रेन्टललगायत १८ शीर्षकअन्तर्गतका वस्तु तथा सेवामा कडाइ गरिएकाे छ ।

 

राष्ट्र बैङ्कले बढीमा वार्षिक ५०० डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न पाइने व्यवस्था गरेको छ, जसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारको डलरमा भुक्तानी गर्न सकिन्छ ।

 

राष्ट्र बैंकका अनुसार यस्तो कार्ड व्यक्ति, फर्म, कम्पनी वा संस्था जो कोहीले लिन सक्नेछन् ।

https://unelma.io/Cp6Jo