काठमाडौं । ट्वीटरमा पोस्ट गरिएको ट्वीट कुनै शब्द मिलेन वा अरू केही कुरा थप गर्नुपर्‍यो भने सो ट्वीटको थ्रेड बनाउनुपर्ने हुन्थ्यो । यो व्यवस्थालाई परिमार्जन गर्दै कम्पनीले अन्तत: ट्वीट एडिट गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ ।

तर यो फिचरलाई कम्पनीले सीमित बनाएको छ । अर्थात् ट्वीटरको प्रिमियम भर्सन खरिद गरेका प्रयोगकर्ताले मात्र यो फिचर प्रयोग गर्न पाउँनेछ ।

कम्पनीले विगत केही महिनादेखि ट्वीटमा एडिट बटनको परीक्षण गरिरहेको थियो । प्रयोगकर्तामाझ यो फिचरको निकै माग पनि थियो । तर कम्पनीले भने यो फिचर पैसा तिर्ने प्रयोगकर्ताको लागि मात्र उपलब्ध गराएको छ ।

प्रयोगकर्ताले यो फिचरको दुरुपयोग नगरुन् भन्ने सोच सहित यसलाई प्रिमियम भर्सनको प्रयोगकर्ताको लागि मात्र उपलब्ध गराइएको कम्पनीको ब्लगमा उल्लेख छ ।

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले ट्वीट गरेको ३० मिनेटभित्र आफ्नो ट्वीट एडिट गर्न सक्नेछन् । हाल प्रयोगकर्ताले २८० ओटासम्म शब्द लेख्न पाउँछन् ।

https://unelma.io/VeEwj