नेपाल क्लियरीङ हाउस लिमिटेडले बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ २’ अफर सञ्चालनमा ल्याएको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङमार्फत कनेक्ट आईपीएस प्रयोग गरेर कम्तीमा दुईओटा फण्ड ट्रान्सफर गर्दा १०२ जनाले  १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने छन् ।

आज आइतबारबाट सुरु भएको यो अफर असोज २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आइतबार देखि शनिबारसम्मको समयावधिमा लक्की ड्र मार्फत साप्ताहिक विजेता छनोट हुनेछन् ।

विजेताको जानकारी हरेक हप्ताको अन्त्य पश्चात कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ । फण्ड ट्रान्सफरका लागि मोबाइल बैंकिङ एपमा लगइन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न ‘कनेक्ट आईपीएस’ छनोट गर्नुपर्ने हुन्छ ।

मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई लक्षित गर्दै कम्पनीले यो अफर सञ्चालनमा ल्याएको जनाएको छ ।
http://unelma.io/IuZQQ