पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ ।

२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।
https://unelma.io/hueLk