भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ ।

कनिका निर्यातमा रोक लगाएको संघका एक अधिकारीले भने,’यो भनेको भनेको निर्यातमा रोक लगाउनु सरह हो । हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिंदैछौं ।’

आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।

आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।

भारतले आर्थिक वर्ष २०२१/२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर-बासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक छ ।

मुलुकले २०२१/२२ मा गैर-बासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो।

गत वर्ष २०२०-२१ मा १२४.३७ मिलियन टनको तुलनामा गत बाली वर्षमा धान उत्पादन बढेर १३०.२९ मिलियन टन भएको थियो।

भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाइरहेको छ ।
http://unelma.io/GEzy2