बैंकिङ प्रणालीमा तरलता संकुचनको अवस्था आउँदा बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँगको निर्भरता निरन्तर बढ्दै गएको छ । आर्थिक वर्षको दुई महिना नसकिंदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा लिइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनयता २६ भदौ २०७९ सम्म बैंकहरुले कुल १६ खर्ब २४ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको तरलता सुविधा बैंकहरुले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २६ भदौसम्म जसमध्ये १ खर्ब ६७ अर्ब ७८ करोड ७० करोड राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्थायी तरलता सुविधा (एसएसएफ), ओभरनाइट रिपो, आभेरनाइट पर्चेज र रिपो मार्फत १५ खर्ब २३ अर्ब १३ करोड ५० लाख रुपैयाँ बैंकहरुले राष्ट्र बैंकबाट सापटी लिएका छन् । त्यस्तै रिपोमार्फत ५० अर्ब रुपैयाँ, ओभरनाइट पर्चेजमार्फत १५ अर्ब ८५ करोड र ओभरनाइट रिपो मार्फत ३६ अर्ब ९३ करोड १५ लाख रुपैयाँ बैंकहरुले सापटी लिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरुले सापटी लिएर बक्यौत रहेकोमा २० अर्ब रुपैयाँ बराबरको रिपो रहेको छ । केन्द्रीय बैंकले २३ भदौमा १४ दिनको लागि रिपो मार्फत २० अर्ब बजारमा पठाएको थियो । उक्त रिपो परिपक्व हुन बाँकी रहेको छ । यसबाहेक ६९ करोडको ओभरनाइट रिपो र १ खर्ब ४७ अर्ब ९ करोड ७० लाख एसएलएफ सुविधाको रकम बैंकहरुसँग बक्यौता रहेको केन्द्रिय बैंकले जनाएको छ ।
https://unelma.io/EzUjY