काठमाडौं । गुगगले २०२३ सम्ममा जापानमा आफ्नो पहिलो डेटा सेन्टर खोल्ने भएको छ । एक ब्लग पाेस्ट गर्दै गुगलले यस्तो घोषणा गरेको हो । कम्पनीका अनुसार यो डेटा सेन्टर चिबाको इन्जाइ सहरमा अवस्थित हुनेछ । गुगलले यसअघि ताइवान र सिंगापुरमा आफ्नो डेटा सेन्टर खोलिसकेको छ ।

नयाँ डेटा सेन्टरका माध्यमबाट प्रयोगकर्ताले आफ्ना सेवामा छिटो र सरल तरिकाले पहुँच पाउने गुगलको भनाइ छ । "यसका माध्यमाट आर्थिक गतिविधि तथा रोजगारमा टेवा पुग्नुका साथै जापानलाई विश्वव्यापी डिजिटल अर्थतन्त्र जोड्न सकिनेछ," गुगलले उक्त ब्लगपोस्टमा उल्लेख गरेको छ ।

यसो त गुगगले टोकियो तथा ओसाका क्षेत्रलाई आफ्नो क्लाउड क्षेत्रका रूपमा स्थापित गरिरहेको छ । जसले स्थानीय व्यवस्थालाई स्टोरेज तथा इन्फ्रास्ट्रक्चर सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले इक्विनिक्स (कोलोनिकेसन सेवा प्रदायकसँग सहकार्य गरेर यी क्षेत्रलाई गुगल क्लाउड कन्जुमरका रूपमा स्थापित गराउँदै आएको छ । तर अहिले भने कम्पनीले आफ्ना सबै सेवाका लागि आफ्नै डेटा सेन्टर बनाउने घोषणा गरेको हो ।

सो ब्लगपोस्टमा कम्पनीका कार्यकारी निर्देशक सुन्दर पिचाइले उक्त क्षेत्रमा डेटा सेन्टर निर्माणका लागि २०२४ सम्म ७३० मिलियन डलर लगानी गर्ने बताएका छन् । आफूले जापानका प्रधानमन्त्री फुमियो किशाडालाई भेटेर गुगलको जापानको डिजिटलाईजेसन पहलको योजनाबारे छलफल गरेको उनले उल्लेख गरेका छन् । जसमा पूर्वाधार लगानी, विभिन्न कम्पनी तथा व्यक्तिका लागि डिजिटल तालिम कार्यक्रमजस्ता विषय समावेश छन् ।

https://unelma.io/ppwmy