चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज प्रालिको पल्पी जुस उद्योगमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
बिहान साढे तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा रहेको कच्चापदार्थ नष्ट भएको र चार वटा मेसिनमा क्षति भएको सञ्चालक भेषराज दुवाडीले जानकारी दिए ।

https://unelma.io/UEOVC