काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टाग्राम अकाउन्ट खोलेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै ओलीले इन्स्टाग्राममा प्रोफाइल बनाएको जानकारी दिए ।

उक्त फेसबुक पोस्टमा इन्स्टाग्राम चलाउने प्रयोगकर्ताहरुलाई फलोका लागि अनुरोध समेत गरिएको छ ।

ओलीले हाल पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभकामना दिँदै इस्टाग्राममा पहिलो पोस्ट गरेका छन् ।  

https://unelma.io/Y4JkW