काठमाडौं । पीएमपीएल साउथ एसिया च्याम्पियनशिप २०२२ फल सम्पन्न भएकाे छ । आइतबार सम्पन्न प्रतियोगिताको उपाधि मंगोलियन टिम गडलाइक स्टलवार्टले हात पारेको छ ।

टिमले कुल २४ खेलमा चार चिकेन डिनरसहित २६४ पोइन्ट ल्याएर पहिलो स्थान हात पारेको हो ।

यस्तै कुल २४ खेलमा ३ चिकेन डिनरसहित २५६ पोइन्ट प्राप्त गरेर नेपाली टोली डीआरएस गेमिङले दोस्रो स्थान जित्न सफल भएको छ ।

त्यस्तै अर्को नेपाली टोली स्काइलाइट्स गेमिङ कुल खेलमा ३ चिकेन डिनर सहित २३२ पोइन्ट प्राप्त गरेर तेस्रो स्थानमा हासिल गर्‍यो ।

योसँगै प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलरमध्ये विजेता गडलाइक स्टलवार्टले ४० हजार डलर (५२ लाख ६० हजार रूपैयाँ) , उपविजेता डीआरएस गेमिङले २८ हजार डलर (३६ लाख ८२ हजार रूपैयाँ) र तेस्रो स्थानमा रहन सफल स्काइलाइट्स गेमिङ टिमले १८ हजार डलर (२३ लाख ६७ हजार रूपैयाँ) हात पारेको छ ।

साथै प्रतियोगिताका शीर्ष तीन टोली सिधै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ को लागि छनोट भएका छन् ।

https://unelma.io/SUQOf