नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्ना ग्राहकलाई व्यक्तिगत जानकारी, पासवर्ड एवं सिस्टमको पहुँच कसैसँग नबाँडी सुरक्षित राख्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै एनसीएचलले सुरक्षित आर्थिक कारोबारका लागि सजग रहन ग्राहकलाई अनुरोध गरेको हो ।

साथै एनसीएचएलसँग सम्बन्धित सत्य तथ्य सूचना र जानकारी संस्थाको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशन गरिने हुँदा सो जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरिएको छ ।