सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्मार्ट स्मार्ट ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जानकारी दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभागका कर्मचारहरू पनि खटिनुपर्ने हुँदा अनलाइन सेवा बन्द गर्न लागिएको हाे ।

यद्यपि यो सेवा कहिलेसम्म बन्द हुनेछ भन्ने विषयमा विभागले केही उल्लेख गरेको छैन ।

https://u16p.com/dpmm5g8fv2