प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली  कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

 

 

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।

यसैगरि प्रधानमन्त्री  एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्। उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्।

अहिले गृह जिल्ल्लाका विभिन्न चुनावी सभामा सम्बोधनका लागि यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डडेल्धुरामा छन्। सोही क्रममा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’

https://u16p.com/n7krvtvxdy