वाई-फाईमा हुने सुरक्षा कमजाेरीले प्रयाेगकर्ताकाे उपकरणमा ह्याकरकाे सहज पहुँच हुने तथ्य बाहिरिएकाे छ । वाटरलू विश्वविद्यालयका अनुसन्धानकर्मीले नेटवर्किङको यस्तो सुरक्षा त्रुटि पत्ता लगाएका छन्, जसले आक्रमणकारीलाई टाढा रहेका डिभाइसहरू पनि ट्र्याक गर्न सहज बनाउँछ ।

यसका लागि अनुसन्धानकर्मीहरूले ड्राेनबाट चल्ने यन्त्र विकास गरेका छन् । ‘वाई-पी’ नाम दिइएकाे याे यन्त्रले पासवर्ड-सुरक्षित नेटवर्कहरूमा पनि पहुँच बनाउनसक्ने दाबी गरिएकाे छ । उनीहरूका अनुसार याे यन्त्रले ३.३ फिट परसम्मको डिभाइसको स्थान पहिचान गर्दछ ।

तपाईंले कोठामा जडान गरेका सबै हार्डवेयरहरू यसले पहिचान गर्नसक्ने बताइएकाे छ । यदि तपाईंसँग फोन वा स्मार्टवाच छ भने आक्रमणकारीले गतिविधिहरू पनि ट्र्याक गर्न सक्छन् ।

वैज्ञानिकहरूले आफैंले रोबोटिक ड्रोन तयार गरेर वाई-फाईमा हुने सुरक्षा कमजोरी जाँच गर्दा यो तथ्य फेला परेको हो । रोबोटिक ड्रोन वाई-फाईमा जोडिएपछि यसले प्रत्येक डिभाइसको स्थानहरू ट्रयाक गर्नसक्छ ।
https://u16p.com/i6cjlgmwje