ट्वीटरको नयाँ भेरिफिकेसन योजनामा दुई फरक सिस्टम हुने भएका छन् । परिमार्जित ट्वीटर ब्लूको नेतृत्व गरिरहेका कम्पनीका भीपी इस्थर क्राउफोर्डले सब्सक्रिप्सनको रूपमा ब्लु टिक उपलब्ध गराए पनि निश्चित अकाउन्टमा 'अफिसियल' लेबल हुने बताएकी छन् । 

ट्वीटरका अनुसार अफिसियल लेबल सरकारी, व्यवसायिक कम्पनी,  व्यवसायिक साझेदार, मुख्य मिडिया आउटलेट, प्रकाशक र केही सार्वजनिक व्यक्तित्वहरूका लागि 'रिजर्भ' (आरक्षित) गरिनेछ । यद्यपि यसका लागि कुन अकाउन्ट कस्तो अवस्थामा योग्य हुनेछ भन्ने कुरा स्पष्ट  छैन ।

"यस अघि भेरिफाइ भएका सम्पूर्ण अकाउन्टले  अफिसियल लेबल पाउने छैनन् र यो लेबल खरिद गर्नका लागि उपलब्ध हुने छैन," क्राउफोर्डले ट्वीट गर्दै भनेकी छन् । अफिसियल लेबल र नयाँ भेरिफिकेसन दुवै आउँदा दिनमा चाँडै रोलआउट गर्ने अपेक्षा गरिएको छ ।

https://u16p.com/69kxeugwu8