महिला पत्रकारमाथि इन्टरनेटका विभिन्न माध्यमबाट हिंसा भइरहेकाले महिला पत्रकारका लागि अनलाइन सुरक्षा नीति बनाउनुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समूहले सोमबार राजधानीमा आयोजना गरेको 'पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका’ सम्बन्धी अन्तिम चरणको छलफलमा सहभागी पत्रकार महिलाले यो निर्देशिका छिट्टै कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले निर्देशिका बनाउँदा गहन अध्ययन र अनुसन्धान हुनुपर्ने बताए । उनले यसअघि विभिन्न संस्थाले तयार पारेका विषयहरूलाई अनलाइन सुरक्षा निर्देशिकाकोमस्यौदामा समेट्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट सरोकारवाला समूह, संस्थासँग वृहत् छलफल गरेर मात्र कार्यान्वयनको तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारले भयरहित रूपमा काम गर्ने वातावरणमा बनाउन राज्यले सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरेका थिए । उनले पत्रकार महिलामाथि हुने यस्ता हिंसा निरुत्साहन गर्न नीतिगत सुधार गर्नुपर्ने पनि बताए । मानवअधिकार आयोगका सदस्य मनोज दवाडीले समाज रूपान्तरण गर्ने पत्रकारले भय रहित वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिएका थिए भने प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले निर्देशिकामा अनलाइन सुरक्षाका लागि कानुनी कारबाहीलाई कडा बनाउनुपर्नेमा जोड दिएका थिए ।
सञ्चारिका समूहका निवर्तमान अध्यक्ष नितु पण्डितले प्रविधिको राम्रा, नराम्रा पक्ष हुने बताउँदै प्रविधि दुरुपयोग गर्दै पत्रकार महिलामाथि भइरहेको हिंसा रोक्न प्रविधिको सही उपयोगका लागि तालिम आवश्यक रहेको बताइन् । छलफलमा सहभागीले अनलाइन हिंसाको उजुरी गर्नका लागि सहज कानुनी र प्रक्रियागत व्यवस्था गरिनुपर्ने, दर्ता गर्ने निकायमा रहेका प्रहरी र अन्य कर्मचारीको क्षमता बढाउनुपर्ने, कार्यस्थलमा त्यस्ता हिंसा रोक्नका लागि गुनासो सुनुवाइको संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
Each vicinity is similar to a bankruptcy in the game with the lore
Each vicinity is similar to a bankruptcy in the game with the lore and tale revealed as you...
Custom Aluminum Cans by Tranogroup
If you want to carry expensive electronics or fragile instruments of any kind, we advise you to...
IgA Nephropathy Research
Ongoing Research for a Cure
If you’re diagnosed with IgA Nephropathy, you might look at...
The Essential Things to Know When Planning an Interstate Move
Making an interstate move can be a daunting task. There are many things to think about, and it...
Keto Extreme Fat Burner, Scam, Pills Price, Side Effects
Keto Extreme Fat Burner Dischem After evaluating the cells of mice after a 24-hour fasting...