मोबाइल सेवा प्रदायक एनसेल आजियटाले आफ्ना ग्राहकलाई पुरस्कार परेको भन्दै एनसेलको नामबाट आएका कुनै पनि फोन वा एसएमएसमा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समयमा एनसेलको नाममा पुरस्कार परेको भन्दै फोन गरेर अथवा एसएमएस पठाएर प्रयोगकर्तालाई ठगि गर्ने घटना बढिरहेको छ । 

यस्ता घटनाबाट आफ्ना प्रयोगकर्तालाई सचेत गराउन कम्पनीले मेसेज पठाउन सुरु गरेको छ । कम्पनीले मेसेज मार्फत पुरस्कारको नाममा आएका कुनै पनि फोन वा एसएमएसको विश्वास नगर्नका साथै त्यस्ता प्रलोभनबाट बच्न र सचेत रहन पनि कम्पनीले अनुरोध गरेको छ । 

 

"ठूलो धनराशिको पुरस्कार परेको भन्दै फोन वा एसएमएसबाट ठगि गरेको पाइएकोले, प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ," एनसेलको मेसेजमा उल्लेख गरिएको छ ।

https://u16p.com/kgrlhq25da