यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स (सवारी चालक परिचयपत्र) कार्ड छपाइ तथा वितरणका लागि पुनः बाेलपत्र आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले इच्छुक कम्पनीहरूका लागि विद्युतीय बोलपत्र आह्वान गरेको हाे ।

विभागले यसअघि कात्तिक २८ गते स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, जडान र कमिसनिङ खरिदसम्बन्धी आह्वान गरेको बोलपत्र 'प्राविधिक कारण' देखाउँदै रद्द गरेको थियो ।

 

इच्छुक कम्पनीहरुले यो वेबसाइटमार्फत आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् । बोलपत्रको लागि आवश्यक डकुमेन्ट माघ २ गतेसम्म दर्ता गर्न सकिने छ ।

विभागसँग हाल एउटा मास प्रिन्टरमात्र छ, जसले प्रतिदिन ४५ सय थानसम्म लाइसेन्स छाप्न सक्छ । तर, देशैभर गरी दैनिक १० हजारसम्म लाइसेन्सकाे माग भइरहेकाे छ ।

https://u16p.com/mrkeynfozw