जमतारा भारतको झारखण्ड स्थित एक आदिवासीहरूको जिल्ला हो ।  अहिले यो जिल्ला साइबर अपराधका लागि कुख्यात भइरहेको छ । पछिल्लो समय एक समूहमाथि एउटा सेक्युरिटी सर्भिस फर्मका सञ्चालकमाथि जालसाझी गरी अनधिकृत रूपमा उनको खाताबाट ५० लाख रुपैयाँ ट्रान्सफर गरेको आरोप लागेको छ । 

यदि समाचारहरूलाई विश्वास गर्ने हो भने साइबर फटाहाहरूको समूहले ओटीपी (वन टाइम पासवर्ड) नमागेरै अनलाइन कारोबार गरेको गरेको थियो । साइबर अपराधीहरूको समूहले उनलाई बारम्बार मिसकल दिएकै भरमा खाताबाट ८० लाख रुपैयाँ झिकेका थिए ।

 

यो घटना गत १० अक्टोबरको हो । सेक्युरिटी सर्भिस फर्मका सञ्चालकलाई बेलुका ७ बजेदेखि ८ः४४ बजेको बीचमा कयौँ मिसकलहरू आए । उनले केही मिसकलमा कल ब्याक गरे भने केहीलाई बेवास्ता गरे ।

उनले आफ्नो मेसेज चेक गर्दा झण्डै ८० लाख रुपैयाँ बराबरको रकमको आरटीजीएस कारोबार भएको देखियो । कारोबार गरिएको भन्दै बैङ्कबाट थुप्रै मेसेजहरू आएपछि उनले आफू निशानामा परेको चाल पाए ।

टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार बदमासहरूले ती व्यक्तिको कम्पनी चालू खाताबाट ५० लाख भारुको आरटीजीएस कारोबार गरेका थिए । अहिले प्रहरी यो घटनाको अनुसन्धानमा जुटेको छ ।

उनीहरूले 'सिम स्वाइप' मार्फत यस किसिमको साइबर आक्रमण भएको हुनसक्ने आशङ्का गरेको छ । प्रहरीका अनुसार साइबर अपराधीहरूले आरटीजीएस ट्रान्सफर सुरु गरेर फोनमा ओटीपी इनेबल गरेको हुन सक्ने देखिन्छ ।

यसका साथै समानान्तर कलमार्फत आईभीआर गरी ओटीपी नम्बर सुनेर कारोबार गरेको समेत हुनसक्छ । प्रयोगकर्ताको मोबाइल नम्बर नै अर्को सिममा सारेर सिममाथि पहुँच बनाउने कार्यलाई सिम स्वाइप भनिन्छ ।

खासगरी यस्तो कार्य टेलिकम कम्पनीका कर्मचारीलाई झुक्याएर तथा प्रलोभनमा पारेर यस्तो कार्य हुने गरेको एक अनुसन्धानले देखाएको थियो ।  बैङ्क खाता जोडिएको मोबाइल नम्बरमा यसरी पहुँच बनाइसकेपछि ठगहरूले त्यसमा आउने ओटीपी कोडमार्फत् रकम ट्रान्सफर गर्दछन् ।

यस्ता घटनाबाट जोगिनका लागि आफ्नो सिमकार्डसँग सम्बन्धी पहिचान खुल्ने गोप्य विवरण अरुलाई शेयर गर्नु हुँदैन । यस बाहेक सहज वातावरणमा हुँदा समेत आफ्नो मोबाइलमा अलि लामो समयसम्म नेटवर्क नआइरहेको त छैन भन्ने बारेमा समेत चनाखो हुनुपर्छ ।

यस्तो अवस्थामा तत्काल आफ्नो मोबाइल सेवा प्रदायक कम्पनीलाई सम्पर्क गरी कसैले आफ्नो नम्बरको नक्कली सिमकार्ड झिकेको त छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।  गौरवशाली इतिहास भएको जमतारा-कर्मताण्ड हलका दिनमा अर्कै कारणले चिनिन थालेको छ ।

यस क्षेत्रमा एकदमै भारी मात्रामा साइबर अपराध हुन थालेपछि त्यसमाथि जमतारा नामक वेब सिरिज बनेको थियो । जुन सन् २०२२ मा रिलिज भएको थियो ।

सन् २०१८ मा साइबर अपराध नियन्त्रणका लागि जमतारामा एउटा साइबर पुलिस स्टेसन समेत स्थापना गरिएको थियो । त्यस यता त्यहाँबाट २५० भन्दा बढी साइबर अपराधीहरू पक्राउ परिसकेका छन् ।

तर त्यसका बाबजुद समेत साइबर अपराध भने नियन्त्रणमा आएको छैन । यसको कारण जेलबाट छुटिसकेपछि समेत साइबर अपराधीहरू पुनः त्यही गतिविधिमा लाग्नु हो । पछिल्लो छ देखि सात वर्षको अवधिमा भारतका सबैजसो राज्यबाट साइबर अपराधीको खोजी तथा साइबर अपराधका घटनाको छानबिनका क्रममा प्रहरी जमतारा पुगेको छ ।  

https://u16p.com/is3afvft74