नवनियुक्त प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारले कार्यान्वयन गर्नुपर्ने पहिलो निर्णयहरूमा राष्ट्रिय परिचयपत्र लगायतका विषय समटिएका छन् । 

सोमबार प्रधानमन्त्री तथा उपप्रधानमन्त्री लगायत अन्य मन्त्रीको पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले गरेका विभिन्न निर्णयमा राष्ट्रिय परिचयपत्रको विषय प्राथमिकतामा परेको हो ।

 

नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा विशेषगरी राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारीचालक अनुमतिपत्र लगायतका सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने, यसमा देखिनेगरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । 

 

"राहदानी, लाइसेन्स लिने कार्यालयहरूमा लामो लाइनमा बस्नुपर्ने बाध्यता छ," उनले भने, "यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढङ्गले काम गर्न केन्द्रित हुनेछौँ । जनताको समस्या समाधान गर्ने तर्फ काम गर्नेछौं," उनले भने ।

https://u16p.com/tmsohxhd1p