काठमाडौं महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेशन थप्ने भएको छ ।

महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेशनहरु निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए ।

उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेशन थप्दै छ जसअनुसार बालाजु स्टेशन विहीबारबाट सञ्चालनमा आएको छ ।

बालाजु स्टेशनमा दूई वटा दमकल, दुईवटा फायर मोटरसाईल रहेको छ । ‘महानगरसँग यो सहित ३ वटा दमकल स्टेशन सञ्चालनमा आइसकेको छ । यो वर्ष मानै थप दूईवटा स्टेशन बनाउने तयारी पनि छ । महानगरको रामहिटीमा एउटा स्टेशन, ६ नम्बर वडामा अर्को दमकल स्टेशन सञ्चालनमा छ,’श्रेष्ठले भने ।
https://unelma.io/NCswN