इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासले हालै एउटा सम्मेलनमार्फत भारतीय अपरेटिङ सिस्टम 'भारओएस' सार्वजनिक गरेको छ । प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई केन्द्रमा राखी यो ओएस तयार गरिएको हो । 

भारओएसलाई जन्डके अपरेसन प्राइभेट लिमिटेड (JandKops) ले तयार गरेको हो । यो कम्पनी आईआईटी अन्तर्गतको गैरनाफामूलक कम्पनी हो । कम्पनीले भारओएसलाई एन्ड्रोइड प्रयोगकर्ताको सुरक्षाको लागि एक नयाँ हतियारको रुपमा प्रस्तुत गरेका छन् । 

 

यस ओएसमा पहिले देखि नै इन्स्टल गरिएका कुनै पनि एपहरू छैनन् । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको आवश्यकता र उनीहरूले विश्वास गर्ने एपहरू मात्र सावधानीपूर्वक छनोट गर्न अनुमति दिन्छ । भार‌ओएसले पास (PASS) नामक निजी एप स्टोर सेवामा पनि पहुँच दिन्छ । 

यो ओएस विशेषगरी कुनै व्यवसाय वा संस्थाको बढी उपयोगी हुने डेभलपरको दाबी छ ।

https://u16p.com/ljnlmhhnzm