बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।
महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।