काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गतिविधिले पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ।

गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछाने आइतबार नागरिकता लिएलगत्तै पार्टीको सभापति बनेका थिए।

त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन्। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन्।

प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन पर्ने भन्दै आएका छन्।

लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शङ्का गर्न थालिएको छ। रास्वपाका एक केन्द्रीय सदस्यले पार्टी सभापतिका गतिविधिले पुराना पार्टीका गतिविधि बिर्साउने काम गरेको बताए।

पार्टीमा यस विषयमा कुनै छलफल समेत नभएकाले थप आशङ्का गर्ने ठाउँ बढेको उनले बताए।

पार्टीका बैठकमा समेत लामिछानेले कसैको प्रश्न सुन्न चाहँदैनन् भन्ने आरोप लाग्दै आएको छ। लामिछानेका गतिविधिले सांसदहरू समेत असन्तुष्ट बनेका छन्।

https://u16p.com/bfvqf75w0o