भुक्तानी सेवाप्रदायक आइएमई पेले निःशुल्क भिसा कार्ड वितरण गर्न थालेको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक २०२३ को अवसर पारी कम्पनीले आफ्नो स्टलमा आउने ग्राहकलाई निःशुल्क भिसा कार्ड दिन थालेको हो ।

कम्पनीले नयाँ/पुराना सबै ग्राहकलाई स्टल भ्रमणमा तत्कालै कार्ड उपलब्ध गराइरहेको जानकारी दिएको छ । ग्राहकले बैंकको एटीएम कार्ड जसरी यो भिसा कार्ड प्रयोग गर्न सक्नेछन् ।

भिसा कार्डमार्फत प्रयोगकर्ताले आइएमई पेमा रहेको पैसा भिसा कार्ड सर्पोट गर्ने एटीएमबाट निकाल्न सक्छन् । यसरी एटीएमबाट कार्ड निकाल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले स्टलबाटै एप प्रयोगकर्ताको केवाईसी भेरिफाइड पनि गरिरहेको छ भने वालेटमा समस्या आए तुरुन्तै समाधान गरिदिने जानकारी दिएको छ । योसँगै क्यान इन्फोटेकमा गएर आइएमई पेको स्टलमा गई अवलोकनकर्ताले गेमहरू खेलेर पुरस्कारहरू जित्नसक्ने कम्पनीले जनाएको छ ।

 https://u16p.com/egr3rrk0v2