प्रभु डिजिटल लिमिटेडको अनुमतिपत्र खारेज भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरणका लागि ईमेल तथा इन्टरनेट सेवाप्रदायक प्रभु डिजिटलले नियमअनुसार निवेदन पेश नगरेको भन्दै  कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै नियामकले नियमानुसार तिर्न तथा बुझाउन बाँकी रकमको सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्न समेत भनेको छ । "अन्यथा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइएको छ," नियामकले भनेको छ ।

प्रभुले ७ कात्तिक २०७४ मा इन्टरनेट सेवाको लाइसेन्स प्राप्त गरेको थियो । यद्यपि एक वर्ष अघि नै प्रभु डिजिटल डिशहोममा गाभिइसकेको छ ।

तर कम्पनीको अनुमतिपत्र भने नियामकको स्वीकृतिमा मर्ज गरिएको थिएन । यसका साथै प्राधिकरणले अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी एलएनटी इन्फोटेकको अनुमतिपत्र समेत खारेज गरेको छ ।

उक्त कम्पनीले समेत नवीकरणका लागि निवेदन पेश नगरेको विषयलाई कारण बनाइएको छ ।  

https://u16p.com/i49zl8m3ie