त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका ९ वटा पसलहरु कार्वाहीमा परेका छन् । यात्रुलाई बजारमूल्यभन्दा महंगोमा सामानहरु बेचेको भन्दै ९ पसललाई कार्वाही गरिएको हो ।

अनुगमनका क्रममा पसलेहरुले चर्को मूल्यमा सामान बेचेको पाइएपछी कार्वाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका अनुसार विमानस्थलभित्र पसलेहरुले सामानको एमआरपीभन्दा तीन गुणा महंगोमा सामान बेच्ने गरेको पाइएको छ ।

कार्वाहीमा परेका विमानस्थलभित्रका पसलहरुलाई कसुरका आधारमा २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गराइएको छ ।

९ वटा पसललाई कार्वाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिएका छन् ।

https://u16p.com/wsek8au7bn