हामी गुगल म्यापलाई सहर वा गाउँहरू नेभिगेट गर्न प्रयोग गर्छौं । यसबाट हामी पृथ्वी भ्रमणको भर्चुअल अनुभव पाउन सक्छौँ ।

गुगल अर्थमा विस्तारै जुम गर्दै जाँदा थ्रीडी भवन, थ्रीडी जमिन आदि देखिन्छ । यसले गर्दा हामी निकै लामो समय यसमा बिताउन सक्छौँ । गुगल अर्थलाई भूतकालको पृथ्वी अर्थात् पुराना तस्वीर हेर्नसमेत प्रयोग गरिन्छ ।

गुगल अर्थको यो फिचर प्राय: शैक्षिक अनुसन्धान वा रमाइलोका लागि प्रयोग गर्ने गरिन्छ । यो सुविधा गुगलले सबैका लागि निःशुल्क गरेको छ ।

त्यस्तै यो फिचर प्रयोग गर्न कुनै शक्तिशाली कम्प्युटरको आवश्यकता पर्दैन । तर इन्टरनेट भने राम्रो कनेक्सन भएको हुनुपर्छ । 

गुगल अर्थमा पहिलेको समयमा कसरी जाने?

कुनै ठाउँको पुरानो अवस्था देखाउन गुगल अर्थको ‘हिस्टोरिकल इमेजरी टुल’ले धेरै स्रोतबाट डेटा सङ्कलन गरेको छ । हामी गुगल अर्थमा सन् १९३० को दशकसम्म जान सक्छौँ । यद्यपि यो फिचर प्रयोग गर्न भने गुगल अर्थको डेस्कटप एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

'गुगल अर्थ प्रो’को डेस्कटप एप डाउनलोडका लागि यहाँ भएको लिङ्कमा जानुहोस् । अब तल स्क्रोल गर्दै जाँदा आउने ‘डाउनलोड अर्थ प्रो अन डेस्कटप’मा क्लिक गर्नुहोस् ।

 

 

गुगल अर्थ डाउनलोड भइसकेपछि एप इन्स्टल गर्नुहोस् । यसमा तपाईंलाई केही समय लाग्छ ।

अब इन्स्टलेसनको काम सकिएपछि एप खोल्नुहोस् ।

अब तलको जस्तो इन्टरफेस खुल्छ । त्यहाँ बाँया माथि रहेको सर्च बटनमा तपाईंले कुनै पनि ठाउँको नाम राखेर सर्च गर्न सक्नुहोस् ।

 

 

एपले सो ठाउँमा तपाईंलाई एनिमेसन गरेर लान्छ । अब माथिपट्टि रहेको टुलबारमा 'घडी' चिन्नमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्दा त्यसको नाम ‘शाे हिस्टोरिकल्ली इमेजेरी’ देखिन्छ । 

 

 

त्यहाँ मिति तलमाथि गर्ने बार देखिन्छ । त्यहाँ १९८५ देखि हालसम्मको मिति देख्न सक्नुहुन्छ । तपाईं विस्तारै विस्तारै मिति परिवर्तन गर्दा तस्वीर पनि परिवर्तन भएको पाउनु हुन्छ ।

जस्तो यो २०२२ को टुँडिखेल क्षेत्रको तस्वीर हो।

 

  

 

त्यस्तै यो त्यही ठाउँको २००३ को तस्वीर हो । 

 

गुगल अर्थ वेबमा टाइमल्याप्स कसरी प्रयोग गर्ने ?

गुगल अर्थमा भएको टाइमल्याप्स फिचरबाट हामीले कुनै पनि ठाउँमा भएको वर्षौंको परिवर्तन केही समयमा नै हेर्न सक्छौँ । यसका लागि सुरुमा गुगल अर्थको वेबसाइटमा जानुहोस् ।

त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । अब हेल्म आइकन भएको भोयजरमा क्लिक गर्नुहोस् । 

 

 

अब तपाईंले यसमा कुनै एउटा निश्चित ठाउँ सर्च पनि गर्न सक्नुहुन्छ । जसका लागि सर्च दी प्लानेट (चित्रमा हरियो कोठा) मा ठाउँको नाम टाइप गर्नुपर्छ ।

त्यस्तै टाइमल्याप्स भइरहँदा तपाईंले (चित्रमा कालो कोठामा) मितिको देख्न सक्नुहुन्छ । योसँगै तपाईंले ग्लोबको कुनै ठाउँमा जुम गर्नुहुँदा त्यहाँको टाइमल्याप्स देखिन्छ ।

 

https://u16p.com/mdfzjmxipc