नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पेट्रोल तथा डिजेलयुक्त गाडीमा प्रतिबन्ध लगाउन माग राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले यस्तो माग राखेका हुन् ।

"नेपालले अघिल्लो एक वर्षमा तीन खर्ब ४३ अर्बको पेट्रोलियम पदार्थको आयात गरेको थियो," उनले भने, "यसको ग्राफ निरन्तर उकालो लागिरहेको छ । यसको विकल्प खोज्नुपर्ने देखिन्छ ।"

उनले अगाडि भने, "यसका लागि विद्युतबाट चल्ने सवारी साधनलाई प्रयोगमा ल्याउन जरुरी छ । सरकारको नीति अनुसार फ्युल सेन्टरहरू भएको ठाउँमा चार्जिङ स्टेसन मसिनहरू जडान गर्नुपर्छ ।"

विद्युतीय गाडीहरूमा भन्सार छुट, उपयोगका लागि सेवा र छुटको व्यवस्था गर्नुपर्नेमा उनले जाेड दिँदै उनले पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समयसीमा तोकेर प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

https://u16p.com/z8g3dl9jim