च्याटजीपीटी वा त्यस्तै एआई मोडेलबाट टाढा रहन्छु भनेर कल्पना गर्नु अब असम्भव जस्तै भइसकेको छ । नयाँ आएका प्रविधिलाई बुझेर आफ्नो आवश्यकता अनुसार प्रयोग गरेको खण्डमा त्यसले फाइदा नै दिन्छ ।

पछिल्लो समय च्याटजीपीटी मोडेलकै एआई टुलको प्रयोग बढ्दो छ । त्यसैले पनि यस्ता टुलबाट टाढै रहन्छु भन्नु आफूलाई अवसरहरूबाट पछाडि पार्नु हो ।

च्याटजीपीटीको बढ्दो चर्चासँगै माइक्रोसफ्टले ओपनएआईसँगको सहकार्यमा आफ्नो सर्च इन्जिन बिङमा एआई टुल समावेश गरेको छ । ​परीक्षणकाल अवस्थामा रहेकाले उक्त टुल अहिले निकै विवादित बनेको छ । त्यस्तै गुगलले पनि एआई टुल 'बार्ड' उपलब्ध गराउने घोषणा गरेको छ । अहिले परीक्षण भइरहेकाले उक्त टुल सबै प्रयोगकर्ताले पाइसकेका छैनन् ।

यस्ता च्याट मोडेलका माध्यमबाट तपाईँ आफ्ना विभिन्न जिज्ञासा राख्न सक्नुहुन्छ । आफूलाई लागेका कुराहरू सोध्ने बानी बसाल्नुभयो भने च्याटजीपीटीले तपाईँलाई झनै जिज्ञासु बनाइदिन्छ ।

यसो त पछिल्लो समय विद्यार्थीले चिट चोर्न च्याटजीपीटीको प्रयोग गरेको घटना बढ्न थालेका छन् । तपाईँले गलत कामभन्दा पनि आफूलाई दिगो रूपमा फाइदा दिने कामका लागि च्याटजीपीटीको प्रयोग गर्नुभयो भने यो टुल फाइदाजनक नै हुन्छ ।

आज हामी च्याटजीपीटीलाई कस्ता ६ काममा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ: 

१. कोडिङ सिक्न

च्याटजीपीटीलाई कोडिङ परीक्षकका रूपमा प्रयोग गर्दा तपाईँलाई धेरै फाइदा हुन्छ । आधारभूत कुरादेखि कोडिङका जटिल विषयमा च्याटजीपीटीले सहजै गाइड गर्न सघाउँछ ।

च्याटजीटीबाट एचटीएमएल, सीएसएस, पाइथन, जाभास्क्रिप्ट वा स्वीफ्ट जस्ता ल्याङ्ग्वेज सिक्न प्रयोग गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि तपाईँले एचटीएमएल कोडमार्फत तस्वीरलाई बीचमा पार्न खोज्नुभयो, त्यस्तो अवस्थामा 'राइट एचटीएमएल टु सेन्टर एन इमेज' वा यस्तै केही लेख्नुभयो भने च्याटजीपीटीले तत्कालै एचटीएमएल कोड तयार पार्छ ।

उक्त शैलीबाट तपाईँ थप कोडिङ सिक्न सक्नुहुन्छ ।

 २. विभिन्न क्रियाकलापका लागि आइडिया थाहा पाउन

तपाईँले विभिन्न सुझाव पाउन पनि च्याटजीपीटी प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि तपाईँले कुनै व्यापार गर्न थाल्नुभयो, अब तपाईँलाई कहाँबाट सुरु गर्ने भन्ने कुनै आइडिया भएन ।

यस्तो अवस्थामा उक्त व्यापारका लागि उपयुक्त आइडिया फेला पार्न च्याटजीपीटी प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक पनि कुनै काम गर्दा त्यसको आइडिया भएन भने याे टुलकाे सहारा लिन सकिन्छ ।

 ३. अन्तर्वार्ताको तयारी

हामीलाई कुनै ठाउँमा अन्तर्वार्ता दिनु छ भने कस्तो प्रश्न आउँछ भन्ने कुराको पूर्वजानकारी हुँदैन ।

त्यस्तै च्याटजीपीटीलाई पनि ठ्याक्कै कस्तो प्रश्न आउँछ भन्ने कुराको आइडिया हुँदैन । तर, कस्तो अन्तर्वार्ताका लागि सम्भावित कस्तो प्रश्न आउँछ भन्ने कुराको भरपूर जानकारी हुन्छ ।

त्यसैले कुनै अन्तर्वार्तामा जाँदा सम्भावित प्रश्न र उत्तरबारे च्याटजीपीटीसँग बुझ्नुहोस् । यसरी तयारी गरेर जाँदा 'कन्फिडेन्ट' भइन्छ ।

४. प्रम्प्ट्स लेख्नका लागि च्याटजीपीटीको प्रयोग

च्याटजीपीटी वा यस्तै कुनै टुलमा आफूले के भन्न खोजेको हो, त्यो बुझाउन आवश्यक पर्छ । त्यस्ता वाक्यलाई प्रम्प्ट्स भनिन्छ । जब उपयुक्त प्रम्प्ट्स राखिन्छ, तब मात्र हामीले खोजेको जस्तो उत्तर पाउन सक्छौं । कस्तो प्रम्प्ट्स राख्ने भन्ने बुझ्नका लागि च्याटजीपीटीको सहयोग लिन सक्नुहुन्छ ।

यसरी च्याटजीपीटीले सुझाव दिएका प्रम्प्ट्स प्रयोग गरेर आफूले खोजे अनुकूलका जवाफ पाउन सकिन्छ ।

५. फिल्म, संगीत फिल्मको सुझाव

च्याटजीपीमा सन् २०२१ सम्मको डेटा मात्र उपलब्ध गराइएको छ । जसले गर्दा हालसालै भएका घटनाको जानकारी नपाइन सक्छ । यदि तपाईँ सन् २०२१ भन्दा अगाडि सार्वजनिक भएका फिल्म हेर्न, संगित सुन्न वा टिभी सिरिजबारे थाहा पाउन खोजिरहनु भएको छ भने यस्तो बेला च्याटजीपीटीको सहयोग लिन सक्नुहुन्छ ।

यस्तोमा फिल्म, संगित वा टिभीको सुझाव पाउनका लागि बिङ एआईको सहयोग लिन सकिन्छ । सार्वजनिक रूपमा बिङ एआई उपलब्ध भएको खण्डमा तपाईँले हालसालै सार्वजनिक भएका संगित, फिल्म वा टिभी सुझावका रूपमा पाउन सक्नुहुन्छ ।

६. सुझावको माग

हामीलाई आफूले गरेका कामको सुझाव पाउने खुबै चाहना हुन्छ । विशेषगरी हामीले लेखेका लेख वा अन्य केही कुरा कुनै विज्ञले पढेर त्यसबारे सुझाव दिए उत्साहित हुन्छौं । यसबाट सुधार गर्ने अवसर मिल्नुका साथै आफ्नो कला निखार्दै लग्ने मौका मिल्छ ।

त्यसबाहेक पनि तपाईँले आफ्ना विभिन्न कामका बारेमा सुझाव माग्न सक्नुहुन्छ । च्याटजीपीटीले दिएका सुझावलाई दैनिक जीवनमै लागू गर्नुपर्छ भन्ने चाहिँ होइन । सुझाव मन नपरेको खण्डमा त्यसलाई अस्वीकार गर्न पनि सक्नुहुन्छ ।

https://u16p.com/ov9nsojxil