धनगढी ६ लेन सडक खण्डमा तारजाली माथिबाट सडक काट्दै गरेको एक व्यक्तिलाई खादा ओढाएर सम्मान गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले पटक पटक तारजाली संरक्षण गर्न सबैमा अनुरोध गर्दै आएको थियो । सडक लेनको बिचमा तारजाली लगाए पनि केही पैदल यात्रुले धमाधम तारजाली नाघेर सडक काट्न थालेपछि उपमहानगरपालिकाले कडाइ गरेको थियो । ६ लेन सडक पार गर्न विभिन्न ठाउँमा पैदल मार्ग राखिएको छ ।

 

‘पटक-पटक सम्झाई बुझाई पनि गरेका थियौ’, नगरप्रमुख हमालले भने, ‘दण्डित गरेर पनि नहुने, अटेरी गरे तारजाली नाघेको भेटिएकालाई खादा ओझाएर सम्मान गर्ने गरेका छौं ।’

https://u16p.com/rxuj3zdsx5