बैंकहरुको निक्षेप एकैदिन ११ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार चैत १ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो । 

फागुन ३० गते ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको निक्षेप फागुन १ गते एकैदिन ११ अर्ब रुपैयाँले घटेर ५४ खर्ब २ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १२ अर्ब रुपैयाँले घटेको छ । फागुन ३० गते ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो १ गते सो रकम १२ अर्बले घटेर ४७ खर्ब ६१ अर्ब रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्ब रुपैयाँले बढेको छ । ३० गते ६ खर्ब ४० अर्ब रुपैयाँ रहेको निक्षेप १ गते १ अर्बले बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँमा पुगेको छ ।

यसरी बैंकहरुको निक्षेप एकैदिन ११ अर्बले घट्दा कर्जा लगानी ५ अर्ब रुपैयाँले घटेको छ । फागुन ३० गते ४८ खर्ब १७ अर्ब रहेको कर्जा लगानी १ गते ५ अर्बले घटेर ४८ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ५ अर्बले घटेर  ४२ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ४२ अर्ब रुपैयाँमा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।

चैत १ गते बैंकहरुको सीडी रेसियो पनि बढेर ८५.६९ प्रतिशतमा पुगेको छ । 

https://unelma.io/etiCF