केबल चोरी भएपछि काठमाडौंका केही  स्थानहरूमा नेपाली टेलिकमको टेलिफोन र इन्टरनेट सेवा एडीएसल प्रभावित भएको छ । 

टेलिकमका अनुसार प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेश अन्तर्गतको दूरसञ्चार कार्यालय, इन्द्रायणी क्याबिनेट नम्बर ०१३ को केबल चोरी हुँदा काठमाडौंको चार स्थानमा कम्पनीको इन्टरनेट र फोन सेवा अवरुद्ध भएको छ । 

कम्पनीका अनुसार गागलफेदी, खत्री पाखा, अधिकारी गाउँ र सानागाउँमा टेलिकमको टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको हो । कम्पनीले यस विषयमा काम गरिरहेको र जति सक्दो छिटो समस्या समाधान गर्ने कम्पनीले जनाएको  छ ।