भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको नियमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए 

इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको उनले बताए । यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको उनले बताए ।

२० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँमा झारेको थियो । यस्तै डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।