१९ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफैं अनविज्ञ रहेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा उनले सरकारका साथै अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको विषयमा जानकार नरहेको बताए ।
‘हाम्रो अहिलेको ब्यूरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनविज्ञ छ,’ उनले भने । संघीयताको बारेमा जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र मुलुकको कर्मचारीतन्त्र संघीयताको बारेमा अनविज्ञ रहेको सांसद बिडारीको तर्क छ ।