Recent Updates
-
डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा एक जना पक्राउ२२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा संलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको...Please log in to like, share and comment!
-
स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थीमाथि ‘विद्यार्थी नेता’को निगरानी२२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले...
-
दार्चुला घटनामा सरकारले समिति बनाएर टार्न खोज्यो : कोमल वली२२ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् । वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण...
-
वैदेशिक रोजगार सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता२२ साउन, काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला हुन् भने कांग्रेसकै सांसदद्धय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् । उनीहरुले कोरोना भाइरस (कोभिड १९) बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए,...
-
एकताका लागि सजगताका साथ अगाडि बढ्ने माधव नेपाल समूहको निर्णय२२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो । २७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न...
-
एमबीबीएस प्रवेश परीक्षामा १ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट बने आशिक झा२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी...
-
बागमतीका दुई मन्त्रीले गरे दोलखाको लापिलाङमा गएको पहिरोको स्थलगत निरीक्षण२२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री...
-
कृषि मन्त्रालयले डीडीसीसँग माग्यो स्पष्टीकरण२२ साउन, काठमाडौं । उपभोक्तालाई म्याद गुजि्रएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आचार्यले...
-
भन्सारलाई अर्थमन्त्रीले सोधे-रेमिट्यान्स पठाउनेलाई एयरपोर्ट र नाकामा सास्ती किन ?२१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट र्फकनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने,’जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर र्फकंदा उसैले बोकेर ल्याएको एउटा मोबाईल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती...
-
डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाही माग गर्दै प्रशासनमा निवेदन२१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ । म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन...
More Stories