काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्ग धेरैका लागि आइडल हुन सक्छन् । तर, कतिपयले उनको कामलाई मन पराउँदैनन् । त्यसैले पनि जुकरबर्गको खण्डन समेत हुने गरेको छ । त्यस्तै खण्डन गर्नेमा डकुमेन्ट्री फिल्म निर्माता केन बर्न्स समेत देखिएका छन् ।

 

अन्तराष्ट्रिय सञ्चार माध्यम दी न्यु योर्क टाइम्ससँगको अन्तरवार्तामा बर्न्सले मार्क जुकरबर्ग देशको दुस्मन भएको बताएका छन् । त्यतिमात्रै नभएर उनले मार्क जुकरबर्गलाई जेलमा देख्न चाहेको समेत बताए ।

‘उनी देशका दुस्मन हुन्, यसको अर्थ अमेरिकाको दुस्मन,’ उनले भने, ‘उनलाई थाहा छ उनले लिमिट पार गर्न सक्छन्, उनी जहाँ पनि जान सक्छन् । तर, त्यो सबै अवैध घनबाट आर्जन भएको शक्ति हो ।’

 

उनले मार्क जुकरबर्गको मात्रै नभएर फेसबुकका सीओओ सेरल स्यान्डबर्ग पनि जटिल भएको बताएका छन् ।

https://www.techpana.com/2021/97568/?fbclid=IwAR3Oyh1kqMQnohZIM6RdGwxQ72UPNRndJZUYsDEYZdk-sWsrKYbjJBfg40o