काठमाडौं । फेसबुक (मेटा) को क्रिप्टोकरेन्सी परियोजनाका प्रमुख डेभिड मर्कुसले पद त्यागेका छन् । उनले आफ्नो फेसबुक र ट्विटरमा लेख्दै पद छाडेको जानकारी गराएका हुन् । 

 

पे–पल छाडेर सन् २०१४ मा फेसबुकमा काम सुरु गरेका मर्कुसले कम्पनीको क्रिप्टोकरेन्सी र डिजिटल वालेट परियोजना प्रमुखको रुपमा काम गर्दै आएका थिए । उनले पद छाडेसँगै फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा र डिजिटल वालेट कालिब्रा कसरी अघि बढ्छ भन्ने बारे अन्यौलता बढेको छ । 

फेसबुकले गत महिना आफ्नो नाम मेटा राखेपछि डिजिटल वालेट कालिब्राको नाम परिवर्तन गरी नोभीको रुपमा अमेरिका र ग्वाटेमालाका सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ ।

 

पछिल्लो समय फेसबुकको क्रिप्टोकरेन्सीको विषयलाई लिएर आलोचना भइरहेको छ । फेसबुकको क्रिप्टोकरेन्सीलाई धेरै देशले अनुमति नदिने बताइरहेका छन् ।

https://www.techpana.com/2021/110537/