काठमाडौं । हामी धेरैलाई गुगल म्याप्समा एउटै औंलाले पनि जुम ईन र आउट गर्न सकिन्छ भन्ने जानकारी नहुन सक्छ । किनभने मोबाइल तथा अन्य कुनै पनि स्क्रिन टच गर्न सकिने डिभाइसमा सामान्यतया जुम गर्न दुईवटा औंलाकै प्रयोग गरिन्छ ।

 

यस्तोमा एउटै औंलाले जुम ईन र आउट गर्ने विषय धेरैलाई नयाँ पनि हुन सक्छ । तर, गुगलले भने यो फिचर गुगल म्याप्समा उपलब्ध गराएको छ ।

 

गुगल म्याप्स सहज रुपमा प्रयोग गर्न सकियोस् भनेर कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।

 

त्योभन्दा पनि यदि तपाईं कुनै यात्रामा हुनुहुन्छ र सवारीसाधन चलाइरहनु भएको छ भने त्यस्तोमा एउटै औंलाले गुगल म्याप्स जुम ईन र आउट गर्नुपर्ने हुनसक्छ ।

 

यस्तोमा यो फिचर निकै उपयोगी हुनेछ । कम्पनीका अनुसार यो फिचर एन्ड्रोइड तथा आईओएस दुवैमा उपलब्ध हुनेछ ।

 

याे फिचरका प्रयाेग गर्न गुगल म्याप्स एप खाेली स्क्रिनमा डबल ट्याप गर्नुहोस् । त्यसरी ट्याप गर्दा स्क्रिनबाट औंला नछाेडी तल माथि गर्नुभएको खण्डमा त्यसले जुम ईन र आउटको काम गर्नेछ ।

 

https://unelma.io/q51yq