अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जानकारी दिन एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो । यो संस्थाले विशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले सम्झौतामा हस्ताक्षर गरे ।

 

सो सम्झौता अनुसार जानकी टेक्नोलोजीले स्प्यारो एसएमएस मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइलासँग सहकार्य गर्नेछ ।

https://unelma.io/IBFbE