१८ चैत, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची पाएको छ । निगमले आईओसीसँग तेल किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ । एलपी ग्याँस प्रति सिलिण्डर २७३.३८ रुपैयाँले महँगिएर आएको छ ।

निगमका अनुसार पेट्रोल भने प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको छ । यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जानकारी दिएको छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा पुगेको छ । मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, अन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा हुनेछ ।

https://unelma.io/GFgUf