गुगल हाल एन्ड्रोइड १३ का फिचरमा काम गरिरहेको छ । हालै बाहिरिएको एक खबर अनुसार एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ ।

यो फिचर एउटै फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्ने मानिसहरूका लागि गेम चेन्जर हुनसक्छ ।

यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । प्रयोगकर्ताले चाहेअनुसार एकबाट अर्को नेटवर्कमा सजिलै स्विच गरी सेवा लिनसक्नेछन् ।

यो फिचरले विभिन्न नेटवर्कको सिमकार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई सहज हुने बताइएको छ । यसले मोबाइलको हार्डवेयरमा हुने लगानी पनि कम हुने बताइएको छ ।

यो फिचर सार्वजनिक भएसँगै मोबाइल कम्पनीहरूले सिमकार्ड स्लटलाई हटाएर ब्याट्रीको आकार बढाउन अथवा अन्य प्रयोगजनको लागि प्रयोग गर्न सक्छन् ।

हाल अधिकांश मोबाइल फोनमा फरक-फरक नेटवर्कको सिमकार्ड प्रयोग गर्न दुईवटा सीम प्रयोग गर्न मिल्ने सिमकार्ड ट्रे उपलब्ध गराइएको हुन्छ ।

सम्बन्धित समाचार:

https://unelma.io/zRz83