तपाईं पक्कै फेसबुक चलाउनुहुन्छ । तपाईंलाई आफ्नो फेसबुक प्रोफाइल कसले भिजिट गर्‍यो वा सर्च गर्‍यो भन्ने निकै ठूलो कौतुहलता हुनसक्छ । साथै प्रोफाइल सर्च गर्ने व्यक्ति को रहेछ भन्ने पनि जान्न मन लाग्छ होला ।

कतिपय थर्ड पार्टी एपले तपाईंलाई यो सुविधा दिने दावी पनि गर्छन् । के तपाईं पनि यस्तै एपको खोजिमा हुनुहुन्छ ?

फेसबुक फलोअर, फ्रेन्ड्स जस्तै प्रोफाइल भिजिटर हेर्न मिल्ने, नमिल्ने विषयमा हामीलाई पनि निरन्तर प्रश्न र जिज्ञासा आइरहेको हुन्छ ।

फेसबुकका अनुसार तपाईंको प्रोफाइल कसले भिजिट गर्‍यो वा सर्च गर्‍यो भन्ने जानकारी तपाईंलाई दिइँदैन । अर्थात तपाईंले आफ्नो प्रोफाइल कसले भिजिट गर्‍यो भन्ने कुरा हेर्न पाउनुहुन्न ।

यतिमात्र नभई, कुनै पनि थर्ड पार्टी एपको सहयाताबाट फेसबुक प्रोफाइल भिजिट कसले गर्‍यो भन्ने हेर्न वा जानकारी प्राप्त गर्न सकिँदैन । यदि कुनै पनि एपले यस्तो अफर दाबी गर्छ भने फेसबुकले त्यस्ता एपलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।

साथमा सुरक्षाका हिसाबले त्यस्ता एपको प्रयोग नगर्न फेसबुकले अनुरोधसमेत गरेको छ ।

https://unelma.io/Et7PL