एक समय थियो, स्मार्ट वाचबाट कल तथा मेसेज गर्नु आश्चर्यको विषय मानिन्थ्यो । तर अब स्मार्ट वाचबाट कल तथा मेसेज सामान्य विषय भइसकेको छ ।

प्रविधिको दुनियाँ लगातार परिवर्तन हुँदै गइरहेको छ । यस्तोमा अब चाडै नै स्मार्ट ग्लासबाट त्यस्ता सबै काम गर्न सम्भव हुनेछ, जुन स्मार्टफोनबाट गर्न सकिन् छ ।

स्मार्ट वाचबाटै कुराकानी समेत गर्न सकिने एक रिपोर्टमा उल्लेख छ । साथै स्मार्ट वाचबाट ह्वाट्सएप मेसेज समेत पठाउन सकिनेछ ।

एक्सडीए डेभलपर्सका अनुसार रे-बान स्टोरिज प्रयोगकर्ताले चाँडै आफ्नो स्मार्ट ग्लासबाट ह्वाट्सएप मेसेज पठाउन सक्नेछन् । यसका लागि कुनै स्मार्टफोनको आवश्यकता पर्ने छैन ।

एपीके ट्रेडडाउनको रुपमा प्राप्त जानकारी अनुसार ह्वाट्सएप एन्ड्रोइड एप प्रयोगकर्ताले आगामी केही दिनमा यो फिचर पाउने छन् । यद्यपि रे-बान स्टोरिज स्मार्ट ग्लासका लागि फेसबुक असिस्टेन्ट फिचर एक्सक्लुसिभ रुपमा लक हुनेछ ।

ह्वाट्सएप बेटा २.२२.९.१९ को पछिल्लो अपडेटको माध्यमबाट आगामी फिचरको बारेमा जानकारी बाहिरिएको हो । फेसबुक असिस्टेन्ट खासगरी वेयरेबल अर्थात पहिरनको रुपमा प्रयोग गर्न सकिने उपकरणका लागि तयार पारिएको उल्लेख छ ।रे-बान स्टोरिज प्रयोगकर्ताले माइक्रोफोनको सहयोगमा निर्देशन दिन सक्नेछन् । यस्तोमा तपाईँले कुनै ठाउँमा टहलिँदै गर्दा समेत स्मार्ट ग्लासको सहयोगमा भ्वाइस कमान्ड दिएर कल तथा मेसेज गर्न सक्नुहुनेछ ।

त्यसो त मेटा कम्पनीको तर्फबाट फेसबुक असिस्टेन्टको माध्यमबाट थर्ड पार्टी सर्भिसको रुपमा इन-हाउस ह्वाट्सएप फिचरको सपोर्ट समेत उपलब्ध हुन सक्ने सम्भावना छ । लिक भएका रिपोर्टका अनुसार स्मार्ट ग्लासमा ई-सिम सपोर्ट हुनेछ । 
https://unelma.io/QWWE1