यदि तपाईं फेसबुक, इन्स्टाग्राम अथवा मेसेन्जरमा आफ्नो अवतारको स्टिकरहरू प्रयोग गरिरहनु भएको छ र ती अवतारमा आउने एकै प्रकारको कपडा तपाईंलाई मनपर्दैन भने मेटाले यसको समाधानको लागि नयाँ फिचर ल्याउँदै छ ।

मेटाले एक अनलाइन स्टोर सुरु गर्दैछ, जहाँ फेसबुक, इन्स्टाग्राम र मेसेन्जर प्रयोगकर्ताले आफ्नो अवतारका लागि डिजिटल कपडा खरिद गर्न सक्नेछन् ।

यो डिजिटल स्टोरमा बजारमा नाम चलेका ब्रान्डका कपडा उपलब्ध हुनेछन् । फेसबुक पेजमा एक पोस्ट गर्दै मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन् । साथै थप ब्रान्ड चाँडै थपिने पनि उनले बताएका छन् ।

ठूला फेसन कम्पनीहरूले पनि डिजिटल प्लेटफर्ममा आफ्नो ब्रान्डेड कपडा उपलब्ध गराउन विभिन्न टेक्नोलोजी कम्पनीहरूसँग साझेदारी गरिरहेको उनले बताएका छन् ।

यो अनलाइन स्टोर चाँडै नै सुरु हुने जुकरबर्गले जनाएका छन् ।
http://unelma.io/VIXNH