एप्पलले आईक्लाउड मार्फत एप स्टोरमा उपलब्ध भएका एपको स्वामित्व परिवर्तन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । लामो समय देखी आईक्लाउडमा जोडिएका एपको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिको नाममा सार्न असम्भव नै थियो ।

यस्तोमा कम्पनीले समाधानका रुपमा आईक्लाउडमा जोडिएका एपलाई समेत स्वामित्व परिवर्तन गर्ने अधिकार दिएको छ । यसअघिसम्म आईक्लाउड प्रयोग नभएका एपको हकमा भने यो फिचर उपलब्ध थियो ।

आईक्लाउडमा रहेर एप उपलब्ध गराउँदा धेरै सुविधाहरू उपलब्ध हुने भएकाले डेभलपरहरूको रोजाइ आईक्लाउड नै हुने गरेको छ । तर, स्वामित्व परिवर्तनको सुविधा नहुँदा एप बिक्रीमा भने समस्या हुने गरेको थियो । त्याे हुँदा लामो समय देखि डेभलपरहरूले यो फिचर उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै आएका थिए ।

http://unelma.io/iyrKd