विन्डोज डिभाइसबाट टाढा हुँदा मोबाइलको सहायताले पनि आफ्नो कम्प्युटर लक गर्न सकिन्छ ।
ल्यापटपमा मोबाइल ब्लुटुथ कनेक्ट भएकाे अवस्थामा ब्लुटुथ रेञ्जभन्दा बाहिर ल्यापटप/डेस्कटप गए वा ब्लुटुथ कनेक्सन हराए डिभाइस आफैँ लक हुन्छ, जसलाई विन्डोजको ‘डाइनामिक लक’ फिचर पनि भनिन्छ ।
डाइनामिक लक सेटअप गर्नका लागि पहिले आफ्नो मोबाइललाई ब्लुटुथमार्फत कम्प्युटरसँग कनेक्ट गर्नुहोस् ।
यसका लागि पहिले ब्लुटुथ अन गर्नुहोस् । ब्लुटुथ अन गर्नका लागि तपाईंले आफ्नो डिभाइसको सेटिङमा गएर ब्लुटुथ अन गर्नुहोस् ।
ब्लुटुथ अन गरेर मोबाइलसँग कनेक्ट गरिसकेपछि पेयर्ड हुन्छ ।
अब डाइनामिक लक अन गर्नका लागि :
-आफ्नो कम्प्युटरको स्टार्टमा जानुहोस् ।
-स्टार्ट पछि सेटिङ्ग भित्रको अकाउन्टमा जानुहोस् ।
-अकाउन्टभित्र साइन-इन अप्सनमा जानुहोस् ।
त्यहाँ तल रहॆको डाइनामिक लकलाई सेलेक्ट गरी Allow Windows to automatically lock your device when you’re away को चेक बक्समा टिक लगाउनुहोस् ।
यति गरिसकेपछि तपाईंले आफ्नो मोबाइलसँगै बोक्नुभयो र ब्लुटुथ रेन्जभन्दा टाढा जानुभयो भने कम्प्युटर आफैँ लक हुन्छ ।