मुलुकको सुशासन र नामका लागि वकालत गर्ने प्रमुख पेशा व्यवसाय नै करको दायरामा आउन इमान्दार नदेखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं प्रतिवेदनले यस्तो समस्या उजागर गरेको हो ।

प्रतिवेदनअनुसार स्थायी लेखा नम्बर नलिनेहरुमा डाक्टर, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक र प्राध्यापकहरु अधिक छन् । लिएकाहरुले पनि इमान्दार भएर आयकर दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न पनि प्रतिवेदनले सुझाएको छ ।